Logo

एसइई दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बाँस्केटबल प्रतियोगिता सुरु



काठमाडौँ, १ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बाँस्केटबल प्रतियोगिता आयोजना गरिएको छ । ‘बन टु हुप क्लब’ को आयोजनामा आजदेखि गोदावरी अल्मुनाई एशोसियशनको सभाहल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “खेलकुदको माध्यमबाट युवालाई अनुशासित बनाउनका साथै स्वस्थ्य शरीर र मस्तिष्कको विकास गर्न, समग्र खेल क्षेत्रको उत्थान गनए प्रतियोगिताले सहयोग पुग्नेछ”, उनले भने ।

प्रतियोगितामा १७ पुरुष र छ महिला समूह सहभागी छन् । आज र भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम समूहलाई रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रोलाई रु १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने समूहलाई रु सात हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक सोजेश मालाकारले जानकारी दिए । पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

संयोजक मालाकारले प्रतियोगिताले बाँस्केटबल खेलको विकास गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सहयोग पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot