Logo

प्रधानमन्त्री दाहाल आइतबार विहानै मिर्चैया जाने



काठमाडौं, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सिराहाको मिर्चैया जाने भएका छन् । चुरे संरक्षणको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल भोलि (आइतबार) विहान सिराहा क्षेत्र नम्बर ४ मा पर्ने मिर्चैया जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ जाने तयारी भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री नवलकिशोर सुँडीपनि जानेछन् । यस्तै, जसपाका कोषाध्यक्ष तथा निवर्तमान वनमन्त्री डा. वीरेन्द्र प्रसाद महतोपनि प्रधानमन्त्री दाहालसँगै जाने बताईएको छ ।

जिल्लामा उक्त कार्यक्रमको तयारी भने पूरा भैसकेको जनाईएको छ । कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेलगायत सहभागी हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot