Logo

आरजु देउवाको आशंका : बजेट हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने देखियो (भिडिओसहित)



काठमाडौं, २ असार । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. आरजु राणा देउवाले अहिलेको बजेटमा व्यवस्था गरिएको कर व्यवस्थामाथि प्रश्न उठाएकी छिन् । उनले कर व्यवस्थामा केही विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने आशंका देखिएको टिप्पणी गरिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्–‘ससंसद्मा प्रस्तुत बजेट र आर्थिक विद्येयकका केही व्यवस्था हेर्दा विशेष व्यापारिक समूहहरुलाई प्रत्यक्ष ट्याक्स छल्न सजिलो हुने नीतिहरु ल्याईएको हो कि जस्तो आभाष भएको छ । आयकर ऐनको धारा ५७ (१) को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक वा प्रशासनिक तर्क देख्न सकेको छैन् । यदि समस्या छ भने हामीले नियम वा निर्देशिकामार्फत सच्याउन सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot