Logo

बजेटमाथि असन्तुष्ट रहँदै तत्कालीन कांग्रेस सांसद रेग्मीले पनि च्यातेकी थिईन् सदनमै नियमावली



काठमाडौं,४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

आज बसेको सदनको बैठकमा बजेटले विभेद गरेको भन्दै सदनको रोष्टममै पुस्तिका च्यातेका हुन् ।

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने ।

सांसद लिङ्देनले सामान्य लाजघिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गरे । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखी पनि बजेट व्यवस्था गरिएको बताए । लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरूले समेत टेबल ठोकेर समर्थन गरेका छन् ।

बजेटको विषयमा चित्त नबुझेपछि लिङ्देनले जस्तै यसअघि पनि एक सांसदले संसद्को राष्टममै नियमावली च्यातेकी थिईन् । यसअघि बजेटकै विषयलाई लिएर एक जना सांसदले स्थानीय पूर्वाधार विकास कार्यक्रमको नियमावली च्यातेकी थिइन् । २०७५ फागुन ८ गतेको बैठकमा कांग्रेस सांसद उमा रेग्मीले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी थिइन् ।

सो बैठकमा तत्कालीन सांसद रेग्मीले सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी थिईन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाएकी थिईन् ।

त्यस वर्षको बजेटमा सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड बजेट दिएको थियो ।

तर त्यसलाई खर्च गर्न पाउने सवालमा नियमावलीमार्फत् प्रत्यक्ष निर्वाचित सांसदलाई थप भूमिका दिइएको र समानुपातिक सांसदलाई सहयोगी जस्तो मात्रै बनाइएको र आफूहरूलाई दोस्रो दर्जाको सांसदको रुपमा व्यवहार गरिएको भन्दै कैयौं समानुपातिक सांसदहरूले असन्तुष्टि जनाएका थिए । रेग्मीले भने नियमावली नै च्यातेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot