Logo

एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ दिँदै तरुण अध्यक्ष गुरुङले भने, ‘डिजिटलाइजेसन र प्रविधिको रफ्तारलाई ध्यानमा राखि आगामी शैक्षिक यात्रा तय गर्नुस्’



काठमाडौं, १३ असार । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले यस बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सामेल भएर उत्तीर्ण भएका विद्यार्थीहरुलार्य बधाई दिएका छन् । आफ्नो सामाजिक सन्जालबाट बधाई सन्देश दिँदै उनले प्रविधिको विकास विश्वभरीनै फैलिसकिएको र त्यहीअनुसार वर्तमान शैक्षिक प्रणालीमा पनि रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष विद्वान गुरुङले आगामी शैक्षिक यात्रा तय गर्दा डिजिटलाइजेसन र प्रविधिको रफ्तारलाई ध्यान दिन आग्रह गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका छन्।



प्रतिक्रिया दिनुहोस्