Logo

दलहरुको गतिविधिले सहिदहरुको बलिदानबाट प्राप्त व्यवस्थामाथि चोट लाग्न हुँदैनः अशोक राई



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक दलका क्रियाकलापबाट व्यवस्थामाथि चोट लाग्न नहुने टिप्पणी गरेका छन् । आज (आइतबार) नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले दलको गतिविधिले सहिदहरुको बलिदानीबाट प्राप्त व्यवस्थामा चोट लाग्न नहुने बताएका हुन् ।

‘हामी बेलाबखत छुट्टिन सक्छौं । फरि आवश्यकताले जुट्न सक्छौं । तर, हामीले बहस गरिरहँदा, छुट्टिइरहँदा सहिदहरुको बलिदानबाट प्राप्त व्यवस्था छ, यो व्यवस्थालाई चोट नलागोस् । हाम्रा कारणबाट यो व्यवस्था कहीँ कमजोर नहोस् भन्ने हामी सचेत हुनुपर्छ,’– उनले भने ।

उनले जनताको अपेक्षा र राज्यले सम्बोधन गर्न सक्ने क्षमतको बीचमा अन्तरविरोध रहेको रहेको बताए । तर, मुलुकमा केही भएन भनेर छर्न खोजिएको भ्रममा कुनै सत्यता नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्