Logo

लुम्बिनीमा जसपाले पनि छाड्यो सरकार, अहिरले दिए मन्त्रीबाट राजीनामा



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार छाडेको छ । बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ । अब सो प्रदेशमा एमालेले नयाँ सरकार बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्