काठमाडौं, २७ असार । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । जसपाका सचिव तथा प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले आज (बिहीबार) बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने सर्वसम्मत् निर्णय भएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी जसपा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएपछि सरकारबाट बाहिरिएको छ । जसपाले आफ्ना मन्त्रीसमेत फिर्ता बोलाईसकेको छ । जसपा कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सामेलन हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा समेत जसपा सहभगाी हुने चर्चा छ । यस विषयमा अध्यक्ष अशोक राईले एमाले अध्यक्ष ओलीसँग निरन्तर सम्वाद गरेका छन् । file photo