काठमाडौं, असार ३० । चितवन र नवलपुर स्थित नारायणी नदी किनारमा भेटिएका तीन वटा शव सिमलताल बस दुर्घटनामा परेर हराएका यात्रुको भएको पुष्टि भएको छ । नवलपुरको गैडाकोट-७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएको शव चितवनको माडी नगरपालिका-१ बस्ने बर्ष २२ का विकाश परियारको रहेको पुष्टि भएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ गई रहेको एन्जल लेखेको बा.प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार रहेको भनी मृतकका दाई विजय परियारले सनाखत गरेको प्रहरीले जनाएको छ । अन्य दुई वटा शवको हिजो नै सनाखत भएको थियो।
भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको थियो।