Logo

कांग्रेस–एमालेले सरकार बनाएपछि उद्योगी/व्यवसायीहरू औधी खुशी



काठमाडौं, २ साउन । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गरेपछि निजी क्षेत्रमा खुशियाली छाएको छ । खासगरी उद्योगी तथा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बलियो सरकार बनाएकोले अब देशमा स्थायित्व हुने भन्दै खुशी व्यक्त गरेको छ । अध्यक्ष चन्द्र ढकालले ठूला दल मिलेर सरकार बनाउँदा लगानीकर्तामा उत्साह बढेको प्रतिक्रिया दिएका छन्।

महासंघको पदाधिकारी एवम् कार्यकारिणी समितिका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । सो भेटमा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । उता, प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताएका थिए । निजी क्षेत्र विना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए। उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।

भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले वताए। मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसंगको भेटमा अध्यक्ष ढकालले बताएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्