काठमाडौं, २ साउन । चितवनका स्थानीयले रेलमार्ग सर्भेको लागि आएको ठानेर गुगल म्याप अपडेटको लागि आएको गाडी जलाएको खुलेको छ । आज दिउँसो उनीहरुले गुगल म्याप अपडेटको लागि आएको आरएस इन्जिनियरिङ सोलुसन्स प्रा.लि.को गाडी जलाएको खुलेको हो ।
रेलमार्गको योजना उक्त स्थानबाट सार्नुपर्ने माग गर्दै विगतदेखि नै आन्दोलनरत रहेका स्थानीयहरुले भरतपुर महानगरपालिका– ७ मा प्रहरीकै अगाडि बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनीका थिए ।