काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।
ओली यसअघि प्रधानमन्त्री हुँदा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।