काठमाडौं, साउन ४ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले ‘टू पिएम’ चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टू पिएम चाउचाउका ब्राण्ड एम्बासडर समेत रहेका मास्टर सेफ सन्तोष शाहको रेसिपिअनुसार तयार पारिएको यो चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो ।
बिहीबार कार्यक्रम गरी यी चाउचाउ सार्वजनिक गरिएको हो । ‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ जस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ ।
टू पिएम चाउचाउका यी दुई नयाँ भेरिएन्ट विकास गर्न धेरै समय लागेको सुनाउँदै सन्तोष शाहले यो रेसेपि निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास व्यक्त गरे । नेपाललाई प्रवद्र्धन गर्न एशियन थाई फुडले योगदान गरेको शाहको भनाइ छ ।
उनले भने, ‘हामी भित्राउछौँ मात्रै । पठाउदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ ।’ केही समयअघिदेखि उत्पादन रोकिएको टू पिएम चाउचाउको पुनः उत्पादन तथा बिक्री सुरू गरेको कम्पनीले जनाएको छ ।
एसियन थाई फुड्सले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो । विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिति र टू पिएम जस्ता ब्राण्डहरू बजारमा ल्याएको थियो । यसले टू पिएम र रमपम ब्राण्डअन्तर्गत विभिन्न स्न्याक्सहरु पनि बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपियाँमै किन्न सकिने कम्पनीले जनाएको छ ।
यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मसरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने भन्दै कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, ओनियन रिङ्ग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ ।
नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी भएको एसियन थाई फुडको भनाई छ । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टू पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको भन्दै चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको बताएको छ ।
एशियन थाई फुडले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिल्ले काम आफूहरुले गरेको भन्दै किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको बताएको छ । कम्पनीका प्रवन्ध निर्देशक महेश जाजुले आफूहरुले मास्टर सेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टू पिएम चिकन मसला र भेज मसला करी नुडल्स बजारमा ल्याएको भन्दै शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टू पिएम चाउचाउ बनाएको बताए ।
साठी ग्रामको प्याकेज २० रुपियाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् । कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको बताएको छ । भारत, मध्यपूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि उपभोक्ताहरूसम्म पुर्याइएको उनले बताए ।
जाजुले २७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ता कम्पनीहरुमा पर्ने उनले बताए । कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नुडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने बताएको छ ।