Logo

कांग्रेस महानगर समितिका सभापतिसँग डा शेखरको भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौमा भेटघाट र छलफल गरेका छन् ।

शुक्रबार काठमाडौंमा ६ वटै महानगर समितिका सभापतिसँग कोइरालाले छलफल गरेका हुन् । कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व गरिरहेका कोइरालाले भेटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली कारण तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका थिए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले समिति सभापतिसँग आग्रह गरेका छन् । भेटमा कोइरालासँग महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

नेता कोइरालासँगको छलफलमा काठमाडौं महानगरका सभापति निलकाजी शाक्य ललितपुरका सुवानन्द धाख्वा, भरतपुरका सभापति चित्रसेन अधिकारी , बिराटनगरका दिपक चापागाईं र वीरगञ्जका मनिन्द्र नेपाली सहभागी भएको कोइरालाको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्