Logo

जबरजस्ती करणी मुद्दामा सन्दीप लामिछानेले सफाइ पाएको फैसलामा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, ४ साउन । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिनेगरी उच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र अन्जु उप्रेती ढकालको इजलासबाट भएको फैसलामा अभियोग दाबी पुग्न नसक्ने भन्दै लामिछानेलाई सफाइ दिइएको थियो ।

सन्दीपले गरेको इन्कारी बयान, गौशला २६ ले पठाएको म्यासेज, उनको शारीरिक परीक्षण प्रतिवेदन, शारीरिक अवस्था, घटनास्थलल मुचुल्का, घटना विवरण काजग गर्ने काठमाडौं होटल इन का सेक्युरेटीगार्ड राजन राणाले गरेको वकपत्र, मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरु समेतबाट अभियोग दाबी पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ ।

सन्दीपविरुद्ध गौसला २६ (परिवर्तित नाम) ले जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले दोषी ठहर गरेको थियो । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्