काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान साढे ११ बजेबाट जारी रहेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुँदैछ । हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री अोलीले विश्वासको मत लिँदैछन् । रास्वपाले विपक्षमा मतदान गरेपनि ओलीको पक्षमा दुई तिहाई सांसद्को समर्थन छ ।