Logo

देशमा तलदेखि माथिसम्म बिचौलिया र भ्रष्टाचारले जरो गाडेको छ : सांसद महतो



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले देशमा तलदेखि माथिसम्म विचौलिया र भ्रष्टाचारले जरा गाडेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथिको प्रस्तावको छलफलमा भाग लिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो दलसमेत सम्मिलित रहेर कांग्रेस र एमालेको सरकारले देश र जनतालाई राहत दिनेगरि काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले सुरुदेखि नै संविधान संशोधनको विषय उठाएकोले अहिले दुई ठूला दलले संविधान संशोधनको आवश्यकत्ता औंल्याएकोमा खुशी व्यक्त गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्