Logo

स्वतन्त्र सांसदद्धय अमरेश र योगेन्द्रले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने



काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत दिने भएका छ्न । अ‍ोलीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै सांसदद्धय सिंह र मण्डलले विश्वासको मत दिने बताएका हुन् ।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । अ‍ोलीलाई स्वतन्त्रसहित २ तिहाई सांसदको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्