काठमाडौं, ७ साउन । प्रसिद्ध होटेल व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको उपचारको क्रममा काठमाडौंको धापासीस्थ्ति ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
सन् १९३६ अक्टोबर १२ मा काठमाडौंको सैनिक परिवारमा जन्मिएका पाण्डे सांग्रिला होटेलका संस्थापक हुन् । काठमाडौंबाटै विद्यालय शिक्षा हाँसिल गरेका पाण्डेले भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थिए । अमेरिकाको लस एजन्लसबाट पब्लिक एड्मिनिष्ट्रेशनमा उनले डिप्लोको अध्ययनपनि गरेका थिए ।
नेपालको पर्यटन क्षेत्रका पायोनिर पाण्डेले सुरुवाती दिनमा नेपालबाट चीनमा चामललगायतका खाद्यान्न निर्यात गर्ने गर्थे । पाण्डेयले देश विकासमा पुर्याएको योगदानको कदर गर्दै दुई पटक प्रवल गोरखाबाहु दक्षिण प्राप्त गरेका छन् ।
पाण्डेका दुई छोरा प्रसिद्ध र प्रवीणले अहिले उनको व्यवसायिक विरासत धानेका छन् । पाण्डेका दुई छोरा प्रसिद्ध र प्रवीणले अहिले उनको व्यवसायिक विरासत धानेका छन् । उनी जीवनको आखिरी समयसम्म पनि समाजसेवामा सक्रिय थिए । लाजिम्पाटका विभिन्न सामाजिक क्लबमा उनी अभिभावकीय भूमिका सक्रिय थिए ।
उनले कर्मलाई नै आफ्नो धर्म मानेर काम गरेका थिए । पाण्डेको आजै दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।