Logo

भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको सुझाव



काठमाडौं, ८ साउन । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विदेशीहरुले नेपालमा आएर घरघरमा पुगेर धर्म प्रचार गर्न नपाउने बताएका छ्न । पछिल्लो समय नेपालमा पैसाको बलमा धर्म प्रचार भैरहेकोप्रति उनले सरकारको गम्भीर ध्यानाकार्षण गराएका छन् । सबैखाले भ्रष्टाचारका काण्डका फाइल खोल्नको लागि पनि उनले सरकारसमक्ष आग्रह गरे ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सत्ता पक्षमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा भैरहेको भन्दै संसद्लाई त्यस्तो थलो नबनाउन सुझाए । उनले गिरिबन्धु, नक्कली भुटानी शरणार्थीदेखि टेरामक्ससम्मका भ्रष्टाचारका काण्डका फाइल खोल्नको लागि सरकारसमक्ष अनुरोध गरेका छन् । उनले भ्रष्टचारीहरुलाई धमाधम कारबाही गर्नको लागि पनि सरकारलाई सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्