काठमाडौं, साउन १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने तयारी रहेको छ ।
पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त रहेकाले सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सदस्य मनोनयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ । जसअनुसार प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।