काठमाडौं, १० साउन । दुवईमा मृत्युदण्डको सजाय पाएका ओखलढुङ्गा चिशंखुगढी–३ का भुवन श्रेष्ठ स्वदेश फर्किएका छन् । ओखलढुङ्गा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको निरन्तर पहलमा उनी सकुशल स्वदेश फर्किन सफल भएका हुन् ।
साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनामा भुवन र धादिङका महलमान मगरलाई दुवईको अदालतले मृतकका परिवारलाई ५० लाख ब्लडमनी नबुझाए मृत्युदण्ड हुने सजाय सुनाएको थियो ।
दुवईको अदालतले उनीहरुलाई सजाय सुनाएपछि सांसद खतिवडाले सदन र विभिन्न निकायमा उद्धारका लागि आवाज उठाएका थिए । उनले रकम संकलनको अभियानसमेत प्रारम्भ भएको थियो । मृत्युदण्डको सजाय पाएका दुई युवाहरुले अन्ततः सजाय माफी पाएका छन् । धादिङका मगर पनि आगामी साता नेपाल फर्किने तयारी रहेको बताइएको छ ।