Logo

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै



काठमाडौं, साउन १३ । संघीय संसदअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्