Logo

मौद्रिक नीतिलाई सेयर बजारको स्वागत, १ मिनेटमै लाग्यो सर्किट ब्रेक



काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ ।

१ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

प्रि ओपन सेसनमै नेपाल स्टक एक्सचेन्ज ३८ अंकले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारको प्रि-ओपन सेसनमै नेप्से परिसूचक ३८.२७ अंकले बढेको हो ।

शेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ ।

दुई ठूला पार्टीको गठबन्धन सरकारले राजनीतिक स्थिरता ल्याउने अपेक्षासहित लगानीकर्ता उत्साहित हुँदा पछिल्लो समय शेयर बजारमा निरन्तर उछाल आएको छ ।



प्रतिक्रिया दिनुहोस्