काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सरकारले फरक–फरक दुर्घटनामा निधन भएकाहरुप्रति विभेद गरेको टिप्पणी गरेकी छिन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुप्रति मन्त्रिपरिषद्ले शोक प्रस्ताव पारित गरेको र झण्डा आधा झुकाएको स्मरण गराउँदै उनले सिमलताल दुर्घटनाबारे सरकार मौन रहेको बताईन् ।
‘असार २८ गते चितवनको सिमलतालस्थित पहिरोमा परी बस त्रिशुलीमा खस्दा ज्यान गुमाउने ६५ जना नागरिक र साउन १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउने १८ जना नागरिक एउटै होईनन् र ? फरक–फरक दुर्घटनामा परी ज्यान गुमाउने नागरिकमाथि सरकारले विभेद किन गर्यो ?’ प्रश्न गर्दै उनले भने, ‘बस होस् या विमान दुर्घटना, उद्धारमा ढिलाइ किन ? सिमलतालको दुर्घटनामा न मन्त्रिपरिषद्ले शोक प्रस्ताव पारित गर्यो ? न त झण्डा नै झुकाइयो ? तर, सौर्य एयरको विमान दुर्घटना हुँदा मन्त्रिपरिषद्ले शोक प्रस्ताव पनि पारित गर्यो, झण्डा पनि आधा झुकाइयो ।’