Logo

मानव तस्करीको आरोप लागेकी उपसभामुख रानामाथि छानबिन गर्न सांसद न्यौपानेको माग



काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख रानामाथि छानबिन गर्न माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस विषयमा सभामुखको धारणा के हो भन्ने पनि माग गरिन् । , “मानव तस्करीबारे आरोप लागेको छ । आरोप लाग्दैमा सही भन्दिन म । छानबिन त हुनुपर्छ होला नि ”उनले भनिन् ।

उनले मन्त्रिमण्डल समावेशी नभएकोमा प्रश्न उठाइन् । नेतृत्वको मन भए समावेशी व्यवस्थालाई सार्थक बनाउन संविधानको धारा आवश्यक नहुने बताएकी छन् । उनले मन्त्रिपरिषद् समावेशी र महिला तथा दलितमैत्री नभएकोमा सांकेतिक विरोध गरिन् ।



प्रतिक्रिया दिनुहोस्