काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताकोशपथ लिएकी छन् ।
बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएकाहुन् । थापा सोमबार निर्विरोध समितिको सभापति चुनिएकी थिईन् ।
तत्कालीन सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त थियो ।