काठमाडौं, साउन १७ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुन १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १६ सय रुपैयाँ बढदै प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको थियो ।
आज तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।