काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेस, एमाले र माओवादी नेताहरु सम्मलित कार्यदलले टिआरसी विद्येयकमा सहमति जुटाएको हो । उक्त कार्यदलमा शर्मा पनि सदस्य थिए । सो सहमतिलगत्तै नेता शर्माले सामाजिक सञ्जालमार्फत नेपालको शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी रुपमा स्थापित हुने विश्वास दिलाएका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
बृहत शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधीमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेका छन् । त्यसमध्ये द्वन्द्व पीडितहरुलाई न्याय, परिपुरण र मेलमिलाप गर्ने कार्य ढिलाइ भइरहेको थियो। सम्मानित अदालतको आदेश बमोजिम टि. आर. सि. विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननिय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरुको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विसयहरु टुंगोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौं। यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकि कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु। यसक्रममा सल्लाह सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सम्पुर्ण महानुभाव सहित यो अवसर प्रदान गर्ने अध्यक्ष क. प्रचण्डलाई धन्यवाद। file photo