काठमाडौं, १८ साउन । नेकपा (एमाले) को सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले पार्टीको सम्पर्क समन्वय विभागका सचिवमा आरसी लामिछानेलाई जिम्मेवारी सुम्पिएको छ ।
गोरखा स्थायी घर भएका लामिछाने लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्वमा थिए । उनी अनेरास्ववियु अध्यक्षमा समिक बडालसँग पराजित भएका थिए ।