काठमाडौं, २१ साउन । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला थिङले पशुपति आर्यघाट र स्वयम्भु घाटमा लाश जलाउने दाउराको मूल्य फरक रहेको भन्दै सरकारको ध्यानाकार्षण गराएकी छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पशुपति आर्यघाट र स्वयम्भु घाटमा लाश जलाउने दाउराको मूल्य समान गराउन माग गरेकी हुन् ।
‘एउटा लाश जलाउनका लागि करिब चार सय केजी दाउरा लाग्ने रहेछ । पशुपति आर्याघाटमा एउटा लाश जलाउन करिब चार हजार आठ सय भए पुग्ने रहेछ भने स्वयम्भू घाटमा लाश जलाउन भने १० हजार लाग्ने रहेछ । सरकारले किन विभेद गरिरहेको छ ?’ उनले प्रश्न गरिन् ।