काठमाडौं, साउन २२। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।