काठमाडौं । संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी छ ।
बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसिरहेको छ । आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया पनि सहभागी छन् ।
जारी बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।
तस्विर सबै/ मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम