काठमाडौं, २२ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनले देशलाई अपुरणीय क्षति भएको बताएका छन् ।
अग्रवालको निधनप्रति दुःख व्यक्त गर्दै जारी गरिएको शोक वक्तव्यमा यादवले भनेका छन्–‘जनता समाजवादी पार्टी, नेपालको २०६५ सालदेखि एकताको राष्ट्रिय महाधिवेशसनम्म केन्द्रीय समिति सदस्य र पहिलो र दोस्रो संविधानसभा सदस्य माननीय श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा मिति २०८१ साउन श्रावण २१ गते भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ । उहाँको निधनले देश, समाज र जसपा, नेपाललाई अपुरणीय क्षति भएको छ ।’