Logo

माओवादी दलाल पुँजीपतिहरुको भूलभलैयामा परेको प्रचण्डको स्विकारोक्ति



काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी दलाल पुँजीपतिहरूको भूलभुलैयामा परेको स्विकारेका छन् । उनले पार्टी दलालहरुको भूलभलैयामा परेकोमा आफूले माफीसमेत मागेका छन् ।

आज (मंगलबार) पार्टीको प्रदेश नम्बर १ समितिको सातौं बैठकमा सम्बोधन गर्ने क्रममा यस्तो स्विकारेका हुन् । सम्बोधनको क्रममा उनले भने,‘हाम्रो पार्टी दलाल पुँजीपति र विभिन्न गिरोहको भूलभुलैयामा प¥यो, यसले नेता र कार्यकर्तालाई प्रदूषित बनायो । अध्यक्ष भएको नाताले म यसमा आत्मालोचना गर्छु ।’

सो क्रममा उनले माओवादी अब कार्यक्रम र आन्दोलनसहित जनतामाँझ जाने तयारीमा रहेको खुलाए । यही साउन २५ गते बस्ने स्थायी कमिटी बैठकले पार्टी जनतामा पुग्नेगरि कार्यक्रम बनाउने उनको भनाई छ । माओवादीभित्र यतिवेला नेतृत्व परिवर्तनको पनि बहस चलिरहेको छ ।

सो क्रममा उनले माओवादीले गरेका मुख्य मुख्य गल्तीहरु पनि सुनाएका थिए । जसमा, चुनाव र विद्रोह एउटै हो भन्नु पनि रहेको उल्लेख गरेका छन् । यस्तै, पार्टी विभाजन रोक्न नसक्नु आफ्नो अर्को ठूलो गल्ती भएको उनको स्विकारोक्ति थियो । यस्तै, क्यान्टोनमेन्टमा जनमुक्ति सेना राखेर विद्रोहको कुरा गर्नुपनि गल्ती भएको उनले स्विकारेका छन् ।

अध्यक्ष प्रचण्डले जनयुद्धका होलटाइमर कार्यकर्ता आफैं व्यवस्थापन गर भन्नुपनि गल्ती भएको स्पष्ट पारेका छन् । प्रायः आफ्नो भाषणमा सधैं दोहोर्याईने कुरा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नुपनि आफ्नो अर्को ठूलो गल्ती भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्