Logo

बद्री पाण्डेको मन्त्री पद नैतिकताको तराजुभित्र परिसक्योः राजेन्द्र बजगाईँ



काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको पद नैतिकताको तराजुमा परेको टिप्पणी गरेका छन् । पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै १५ दिनको अन्तरालमा दुई वटा विमान दुर्घटना भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सौर्य एयरलाईन्स दुर्घटनामा मन्त्रीको बेकदमले नेपाली आकाशको सुरक्षाको प्रत्याभूतिमा गम्भीर क्षती पुगेको समेत बताएका छन् ।

नागरिक उड्डययन प्राधिकरणका डीजी प्रदीप अधिकारीको कार्यक्षमतामाथि पनि प्रश्न उठाएका छन् । उनले डीजी अधिकारले सांसदहरुलाई गधाको संज्ञा दिँदा मन्त्री पाण्डेबाट कुनै शब्द नसुनिएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनले नागरिक उड्डययन प्राधिकरण र पर्यटन विभागका कार्यकारीहरुलाई भ्रष्टको संज्ञा दिँदै मन्त्री पाण्डले कारबाही गर्न नसकेको बताएका छन् । मन्त्री पाण्डले मन्त्रालयको गरिमा बचाउनबाट चुकेको पनि उनको टिप्पणी छ ।

बंगलादेश आउला है!
तियानमेन स्क्वायर चोकमा डोजर चल्दा चीनमा नेविसंघ आउँदा—-आँधी त्यसै आउने होईन नि…

माननीय मन्त्री बद्री पाण्डे जी मन्त्री हुँदा सर्वाधिक खुशी भएको थिएँ। तर तपाई मेरो आदिपुरुष पिता नै भएपनि त्रुटि गर्नु भएको छ Ignorance is guilty! मैले आँखा चिम्लन मिल्दैन!

माननीय बद्री पाण्डे जी को मन्त्री पद नैतिकताको तराजू भित्र परिसक्यो। मन्त्रीको औचित्य पुष्टि गर्न नसके छोड्नु पर्छ।

उहिल्यै गाउँका एक जना नेविसंघका दाईले हस्यांगफस्यांग गर्दै सुनसुन केटा हो “चीनमा नि नेविसंघ आयो नि” भन्दै थिए हामीले नेपाल विद्यार्थी संग चीनमा कसरि आयो प्रश्न गर्नै जानेनौ। तियानमेन स्क्वायर र बंगलाबन्दु वार!

“Justice delayed is justice denied.” सौर्य एअरलाईन्स दुर्घटनामा एउटा कार्यकारी मन्त्रीको बेकदमले नेपाली आकाशको सुरक्षाको प्रत्याभूतिमा गम्भीर क्षति पुगिसकेको छ।

मेरो प्रश्न छ; तपाईकै कद र गरिमाका सार्वभौम सांसद साथिहरूलाई तपाईकै मातहातको ध्वंस कर्मचारीले “गधा”भन्दा तपाईबाट कतै कुनै प्रतिक्रिया सुनेनौ किन? कि तपाई खुशी हुनु भयो?

कांग्रेसले आधिकारिक रूपमै संसद, सरकार र नागरिकले देख्ने सुन्नेगरि उड्डययन प्राधिकरणको भ्रष्ट कार्यकारीको बारेमा गम्भीर प्रश्न उठाएको अवस्थामा तपाई नागरिक उड्डययन मन्त्रीले उचित कदम उठाउनु भएन। तपाई मौन बस्दा हाम्रो पर्यटनको अन्तर्राष्ट्रीय छबि झन् मैलो भयो।

मलाई यो चिन्ता छैन तपाई मेरा लागि भविष्यमा चाहे खतरनाक सिद्ध किन नहुनुहोस्, जब तपाई भ्रष्ट कार्यकारीहरू नागरिक उड्डययन प्राधिकरण र पर्यटन विभाग मातहत माथि कार्बाही गर्न चुक्नु भयो तपाईले मन्त्री र मन्त्रालयको गरिमा बचाउन चुक्नु भयो।
किनभने…..
मित्र मन्त्रीमा अवतरण भएपछि सम्मानित अदालतले समेत रोक्का गरेको एक होटल र मातहतलाई नयाँ संचालन अनुमति दिईएको विषय मौन रहेको सत्यले आरम्भमै प्रश्नहरू खडा भैसकेका छन्।

नेपाली हवाई सुरक्षा नेपाली पर्यटन माथि श्री पशुपतिनाथले कल्याण गरुन्!



प्रतिक्रिया दिनुहोस्