काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीसँग प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं आइपुगेका छन्। संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयक छलफलमा प्रधानमन्त्रीले केही निर्देशन दिने जनाइएको छ ।
आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ९ गते लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका थिए । त्यहाँ एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपाने मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।