Logo

किम्ची रेष्टुरेन्टमा पानीको बोटलमा किरा भेटिएपछि महानगरले गर्यो बोटल सिल



काठमाडौं, २५ साउन । काठमाडौंको चर्चित किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्टमा राखिएको मिनरल वाटरको बोटलमा किरा भेटिएको छ । पिउने पानीको बोटलमा नै किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट सञ्चालकलाई राखेर बोटल सिल गरेको छ । पछिल्लो समय महानगरले स्वास्थ्यलाई ध्यान दिएर रेष्टुरेन्टमा खानेकुराकानीको गुणस्तरमा कडाई गर्न थालेको छ ।

किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्ट लेखिएको पानीको बोटलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाका कर्मचारीले उक्त बोटल सिल गरेका हुन । महानगरपालिकाको कार्यक्रममा वितरण गरेको पानीको बोटलमा किरा भेटिएपछि उक्त बोटल सिल गरिएको काठमाडौं महानगरपालिकाका कर्मचारीले जनाएका छन् ।

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने किम्चीमाथि थप कारबाही गर्ने महानगरको तयारी छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्