Logo

ठूलो समूह नै लिएर एकीकृत समाजवादीबाट बाहिरिने मूडमा झाँक्री



काठमाडौं, २६ साउन । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफू एक्लै कुनै पार्टीमा प्रवेश नगर्ने बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू समूहमा विश्वास गर्ने भएकाले एक्लै निर्णय नगर्ने बताईन् ।

उनले आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने कुरा असम्भव रहेको बताउँदै उनले एमालेसँग कुनै दिन पार्टी एकता हुनसक्ने बताईन् । माधव नेपाल र झलनाथ खनाल एमालेमा प्रवेश गर्छन्, गर्दैनन् भन्ने कुरा आफू भन्न नसक्ने बताउँदै उनले ढिलो चाँडो एकीकृत समाजवादी र एमालेबीच एकता हुने दाबी गरिन् । आफू

‘एकीकृत समाजवादी छोड्ने निर्णयमा पुग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले पार्टी छाड्ने दिन कार्यक्रम राखेर नै जानकारी गराउने बताईन् । उनले पार्टी छाड्ने कुरा आफ्नो व्यक्तिगत निर्णयमात्रै नभएर समूहमा हुने बताईन् । ‘छोड्दाको दिन तपाईको टेलिभिजनलाई राखेरै कार्यक्रम गरौंला नि । त्यो निर्णय मेरो व्यक्तिगत निर्णय चाहीँ हुँदैन । व्यक्तिगत निर्णय गर्ने भए मेरा लागि धेरै अप्सन र ठाउँहरु पनि हुनसक्थे । तर, म आजको कलेक्टिभ र टिमवर्कमा विश्वास गर्ने मान्छे हो । त्यसकारण मेरो निजी आकांक्षा र निजी लाभका कुरै होईनन्,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्