Logo

मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता होः उपप्रधानमन्त्री सिंह



काठमाडौँ, २६ साउन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

आज (शनिबार) काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अनुभूति गर्ने गरी काम गर्ने र जनतामा रहेको निराशा चिर्ने बताएका हुन् । उनले वर्तमान सकरार विशिष्ट परिस्थितिमा बनेको बताउँदै राजनीतिक निकास र आर्थिक विकास यसको मूल एजेण्डा रहेको बताए । उनले केही दलहरुले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरिरहेको बताए ।

उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए । मन्त्री सिंहले राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता व्यक्त गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्