काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले उद्योगीहरुले आगामी निर्वाचनमा चुनाव खर्च व्यहोर्ने प्रतिवद्धता जनाएसँगै सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई कारबाही गर्न लागेको बताएका छन् ।
डेडिकेटड र ट्रङ्क लाइनको बक्यौता नतिरेका उद्योगहरुको लाइन काटिएपछि सरकार र प्राधिकरणबीच मतभेद बढेको थियो । अन्ततः प्राधिकरणले ६ वटा उद्योगको लाइन पुनः जोडिदिएको थियो ।
नेता विडारीले उद्योगी व्यापारीले विद्युत प्राधिकरणको ८ अर्ब तिर्न नपर्दा एमालेको आगामी चुनाव खर्च व्यहोदिर्ने प्रतिवद्धता रहेको खुलासा गरेका छन् । उनले सोही प्रतिवद्धताले कूलमान कारबाहीमा पर्नसक्ने धारणा व्यक्त गरेका छन् ।
‘कुलमान, जनार्दन, प्रचण्ड पर्यायवाची भएभन्ने पिर र ८अर्ब तिर्न नपर्ने भए आगामी चुनाव खर्च व्यहोर्ने प्रतिबद्धताले कुलमान कार्बाही पर्ने भए रे। धिक्कार !’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।