काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार (आज) छलफल जारी छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले आफ्ना भनाइ राखिरहेका छन् ।
समितिले आगामी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाउने भएको छ । अख्तियारसँग समन्वय गरेर अर्काे बैठक बोलाइने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।