Logo

महाधिवेशनपछि पहिलोपटक जसपाको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं, साउन २७। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ ।

तीन दिनसम्म चल्ने बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयमा छलफल छलफल हुनेछ ।

यस्तै, पहिचान र राष्ट्रिय–जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

गत जेठमा सकिएको महाधिवेशनपछि पहिलोपटक जसपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन सकिएको एक महिनापछि केन्द्रीय समिति बनाएका थिए । त्यसको अर्को एक महिनापछि उनले बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्