काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाका दुई संयुक्त समितिको बैठक आज बस्दै छ। बैठकले सभापति चयन गर्ने कार्यसूची छ। दुई संयुक्त समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।