काठमाडौं, भदौ १ । पशुपतिको कोटिहोम स्थलमा शुक्रबार मध्यरातमा तनावग्रस्त भएको छ । सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो।
सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो।आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ।
फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन्। प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।