Logo

सुनकोशीमा खसेको जिप भेटियो, भेटिएनन् जिपमा सवार यात्रु



काठमाडौं, भदौ ९ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ। शनिवार जिपमा सवार तीनजनासहित जिप सुनकोशी नदीमा खसेको थियो। दुर्घटना लगतै खोजीमा जुटेको गोताखोरको टोलीले आज बिहान २ बजेतिर मात्रै जिप भेटाएको हो। तर, जिपमा सवार ३ जना भने अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले बताएको छ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिवार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। गाडिबाट हामफालेका सुशान्त कक्षपति घाइते छन्। उनको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्