काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादी नेताहरुलाई आफूलाई धम्की नदिन चेतावनी दिएका छन् । माओवादीको धम्कीले आफ्नो इमान नडगमगाउने उनको भनाई छ । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले माओवादीले निर्दोष मानिसको हत्या गरेको, अपहरण गरेको, सुतिरहेका पुलिस र सेनामाथि बम हानेको, जनताको सम्पत्ति लुटेको, बैंक लुटेको, सुन माटोमाथि लुकाएको, गिट्टी बालुवाको तस्करी गरेकोलगायत झण्डै एक दर्जन आरोप लगाएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने
सुतीरहेका पुलिस र सेनामाथि बम हान्ने
जनताको संपत्ति लुटने
बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने
रक्तचंदनको तस्करी गर्ने
गिटी बालुवाको तस्करी गर्ने
तिमिहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ
तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु ।
तिम्रा धमकी र फरेबले मेरो ईमान डगमगाउने छैन।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन।
चेतना भय !