Logo

मन्त्रिपरिषद् बैठक : मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त



काठमाडौं, १३ भदौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । आज (बिहीबार) साँभ्m ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण भोलि (शुक्रबार)बाट अवकाशमा जाने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाएको हो ।

उनले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने भएका हुन् । वरियतामा चौथो नम्बरमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका अर्याललाई उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्यसचिव बनाईएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्