Logo

आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश



काठमाण्डौं, असोज १० । इङ्ग्लिस लिग फुटबल अन्तरगत बुधबार भएको खेलमा आर्सनल र लिभरपुल विजयी भएका छन् । आर्सनलले बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लागि एथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे । बोल्टनका आरोन जोन कोलिन्सले एक गोल फर्काए ।

यस्तै, बुधबार नै भएको अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५–१ ले नै हराएको छ । लिभरपुलका लागि डिएगो जोटा र कोडी गाक्पोले २–२ गोल गर्दा मोहमद सालाहले एक गोल गरे । जितसँगै आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्