Logo

माओवादी कोटाबाट नियुक्त कोशी प्रदेश योजना आयोगका दुई सदस्यले दिए राजीनामा



काठमाडौं । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । आयोगका सदस्यद्धय नमिता न्यौपाने र भवानी प्रसाद बरालले आज राजीनामा दिएका हुन् ।

राल र न्यौपाने गत जेठ २८मा सदस्य नियुक्त भएका थिए। उनीहरु नेकपा माओवादीको तर्फबाट सदस्य नियुक्त भएका हुन् । माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएपछि उनीहरुले पनि राजीनामा दिएका हुन्। अब सो स्थानमा नेपाली कांग्रेसको कोटाका मानिस नियुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्